२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

मास्कको कारोवार गर्ने गुप्ता लाई कार्वाही


धनगढी- गैर कानुनी रुपमा मास्कको कारोवार गर्ने धनगढी अस्पताल लाईनका आर. बि. पुजा स्टोरका प्रोप्राईटर ललन गुप्ता कार्वाहीमा परेका छन् ।

उनले बिल बिनाका मास्कको कारोवार गरेको फेला पारेपछि सोमबार धनगढी उपमहानगरपालिका, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले २० हजार जरीमाना गरेको हो ।

बिल विजक जारी नगरी बेचेको पाइएकाले उनलाई जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख कमल बहादुर पुन मगरले बताए ।

उनले भने, ललनलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ( घ) को कसुरमा सोही ऐनको दफा ३९ को १ ( क) अनुसार कार्वाही गरिएको हो ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७६ चैत्र १०

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP