२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सहकारीलाई कृषि र उत्पादन क्षेत्रमा लगानी गर्न सहकारी अभियन्ता बमको आग्रह


कैलाली – राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेडका सल्लाहकार समिति संयोजक भोजबहादुर बमले सहकारी संस्थालाई कृषि र उत्पादनमा लगानी गर्न आग्रह गरेका छन्। मंगलबार धनगढीस्थित शिलादेवी कृषि सहकारी संस्थाको छैठौं बार्षिक साधारण सभाको उद्घाटन सत्रमा बमले सो कुरा बताएका हुन्।

नेपाल कृषि प्रधान देश भएपनि यहाँ हरेक खाद्यन्न बस्तुहरु आयात हुने भएकाले अगामी दिनमा सहकारी संस्थाहरुले कृषि र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए। सहकारी संस्थाले बचत गर्ने मात्र होइन, उनले भने, ‘सहकारी संस्थाले गर्दा विश्वको अर्थतन्त्रमा राम्रो फड्को मारेको छ, हाम्रो देश कृषि प्रधान भएकाले पुँजीलाई उत्पादसँग जोडेर कृषिमा लगानी गर्नुपर्छ।’उनले सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि शिलादेवी कृषि सहकारी संस्थाले प्रसंसनीय कार्य गरेको बताए।

शिलादेवी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पुर्व सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेडका सल्लाहकार समिति संयोजक भोजबहादुर बम प्रमुख अतिथी रहेका थिए। कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक कलावती जोशीले आव २०७६÷७७ अषाढ मसान्तसम्मको आन्तरिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिलिप श्रेष्ठले राखेका थिए भने संस्थाका सदस्य निर्जन श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए। २०७१ सालमा २५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीले १८० जना शेयर सदस्य बनाउन सफल भएको छ। सहकारी संस्थाको आव २०७७ पौष २७ गतेसम्म ४० लाख ५२ हजार ५ सय रुपैयाँ , निक्षेप १ करोड ३३ लाख २३ हजार ४१ रुपैयाँ रहेको छ। सहकारी संस्थाले आफ्नो कार्य क्षेत्र धनगढी उपमहानगरपालिकाका ५ वडामा विस्तार गरेको छ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ पुष २८

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP