२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

केआई सिंह गाउँपालिकाका मुर्रा भैंसी

हेमन्त विवश

आसारको अन्तिम साता झमझम बर्सिरहेको थियो आकाश। डा. के आई सिंहको गाउँ डुम्राकोट घुमेर फर्किरहेका थिएँ कवि लोकराज भट्टसँगै। नौलौ ठाउँ, नौलो परिवेश, कोरोना सन्त्रासले लगभग सुनसान देखिएका बस्ती। घुम्टीभित्र लुकेको दुलहीको मुहारझैं बेलाबखत  बादलुको घुम्टीमा लुक्न पुग्थ्यो डोटीको वायल क्षेत्र।

वायल बजार पुग्नै लाग्दा एकाएक देखा पर्छन् सूर्यका किरणहरू। सडक छेउको सानो पसल। कलकल बगिरहेको पानीको धारा। वर्षौ अघिदेखिका परिचित मित्रकोझैं मुस्कुराइरहेको थियो विश्वनाथ पाठकको मुहार।

विगतमा पहाडी जिल्लातिर गाईभैंसी नपाल्ने बिरलै हुन्थे। गर्मी याममा लेक र हिउँदमा घरमा हुन्थे गाईभैसीहरू। लेकमा थुप्रै खर्क अर्थात गोठहरू हुन्थे। चराचुरुङ्गिहरुको आवाजसँगै सुनिन्थ्यो ड्याङड्याङ बजिरहने भैंसी घाडो। त्यहिँ लेकको बाटो जान्थे ब्रह्मदेव, टनकपुर नुन गुड किन्न जानेहरू। खर्कमा दूध दही प्रशस्त मात्रामा पाइन्थ्यो। घिउले टिनका डिब्बा भर्ने गर्थे गोठालाहरू। त्यहिँ घिउ बेचेर किन्ने गर्थे लुगा कपडा, नुन गुड। समय वित्दै गयो। गाउँघरतिर विद्यालय खुल्न थाले। मान्छेमा जनचेतना बढ्दै गयो। सुविधाभोगी मान्छेका पाइला लम्किन थाले सहरतिर।

विगत दश बाह्र वर्ष यतादेखि सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा भैंसीपालन निकै कम भइसकेको देखिन्छ। भारतमा गएर दरवानी गर्नेदेखि खाडी मुलुक पुग्नेको संख्या दिन प्रतिदिन बढ्दै गयो। दुई चार पैसा हुनेहरु तराइमा घडेरी जोड्ने र उतैतिर घर बनाउने ध्याउन्नमा लागिपरे। गाउँमा ऐचोपैंचो सरसहयोग र एकता खलबलिदै गयो। भैसीको मूल्य बढेर एक लाखसम्म पुगेपछि गरिब किसानहरुले चाहना हुँदाहुँदै पनि भैंसी पाल्न सकेनन्। व्यवसायिक भैंसी पालनको त कुरै छोडौं पुर्खाका पालादेखि नितान्त आफ्नो लागि भनेर पाल्ने गरेको एउटा भैंसीसमेत देखिन छोड्यो गोठमा। समाप्त हुँदै गयो लेक बेसी गर्ने परम्परा। लेकमा देखिन छाडे भैंसी खर्कहरु। सुनिन कम हुँदै गए ड्याङड्याङ बजिरहने भैंसी घाडा र लेकमा गोठालाले मनमुटु तरलित तुल्याउने गरी बजाउने बाँसुरीको धुन।

पुरा पढ्नुहोस्→

Related News

सरकारी निर्देशनपछि प्रमुख विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत सिट पूर्ण छात्रवृत्तिका लागि छुट्याइँदै
सरकारी निर्देशनपछि प्रमुख विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत सिट पूर्ण छात्रवृत्तिका लागि छुट्याइँदै
  • २०७७ भाद्र १३

सरकारी निर्देशनपछि प्रमुख विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत सिट पूर्ण छात्रवृत्तिका...

TOP