डोटी- शिखर नगरपालिकाका एक सय पचास जना विद्यार्थीहरुका लागि शैक्षिक सामग्री हस्तान्तण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास ‐साइन नेपाल) ले नगरका तीन वटा विद्यालयका विद्यार्थीहरुका लागि सामग्री हस्तानतरण गरेको हो ।
नगरमा उक्त संस्था अन्तरगत सञ्चालित केयर एण्ड रिलिफ परियोजना अन्तर्गत प्रति विद्यार्थी एउटा स्कुल ब्याग, आधा दर्जन कपी, एक दर्जन डटपेन, औजार बक्स लगायतका सामग्री वितरण गरेको हो । आइतबार नगरको वडा नं. ७, ९ र १० का तीन वटा विद्यालयका विद्यार्थीहरुका लागि उक्त सामग्री हस्तान्तरण गरिएको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए ।
तीन विद्यालयका जेहेन्दार, अपाङ्ग विपन्न छात्र छात्राले पाउने गरि सामग्री हस्तान्तरण गरेको अध्यक्ष जोशीले जानकारी दिए । दुई वडाकालागि एक सय सेट शिखर नगरपालिकाका उप–प्रमुख धौली देवी रावल र ५० सेट शिखर नगरपालिका वडा नं १० का अध्यक्ष मीन बलायरलाई हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उप–प्रमुख रावलले उपलव्ध शैक्षिक सामग्रीले वालवालिकाको पढाइमा राहत पुग्ने विश्वास ब्यक्त गर्दै संस्थालाई धन्यबाद ज्ञापन गरिन् ।
साइन नेपालले शिक्षा, स्वास्थ्य, महामारी तथा आपतकालीन अवस्था लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । कोरोना महामारी नियन्त्रण र रोकथामका समयमा समेत संस्था तथा अध्यक्ष जोशीले महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।
काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...