२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

हरितालिका तीज (डिकरा) व्रत

भक्त वहादुर बलायर

१) तीजले लहर ल्याउँछ खुशीयाली आउँछ ।
नारीको चेहरा खुसी मिठो मुस्कान छाउँछ ।।

२) श्रृद्धापूर्वक तीजलाई महिला मनाउँछन् ।
पतिदेवको दीर्घायुको विश्वास जनाउँछन् ।।

३) दिदीबहिनी माइत आउँछन् भाइले निम्तो पठाई
फुर्सद नपाउने भाई डाक्छन् अन्य खटाई ।।

४) भाद्र शुक्ल द्वितीयामा दर खान्छिन नारी ।
रातभरि गाउँछन खान्छन् अनेक परिकार पारी ।।

५) भाद्र शुक्ल तृतीयामा शिवको पुजा गर्छन् ।
हाँस ख्याल नाच गान सबै दंग पर्छन् ।।

६) सबैका मुखमा मुस्कान तीजका गीत गाउँदै ।
शिव मन्दिर जम्मा हुन्छन् घरबाट आउँदै ।।

७) गीतमा मनका दर्द पीडा र वेदना ।
नारी हकका गीत गाउँछन जगाई चेतना ।।

८) तीजले नारीको हक कति उच्च हुन्छ ।
आद्याशक्ति, महाशक्ति नारी के के बन्छ ।।

९) सभ्यता र संस्कृति महिला बचाउँछन् ।
प्रकृतिभैm हरियाली देशलाई सजाउँछन् ।।

१०)आद्याशक्ति, मातृभाव गृहलक्ष्मी नारी ।
देव मानव रक्षा गर्छिन् दानव शक्ति मारी ।।

११) नारीका त्याग र तप पातिव्रत्य धर्म ।
पतिलाई जीवित पारिन् कति ठूलो कर्म ।।

१२) यो व्रतमा पति आयु लम्व्याउनलाई व्रत ।
भोकै बसि पानी नखाई गर्छन सबै क्रत ।।

१३) नारी सम्मान बन्छन् आपैm अर्धनारीश्वर ।
नारीको सम्मान गर्छन्श्रेष्ठ ती ईश्वर ।।

१४) पुराणमा तीज व्रत श्रेष्ठ व्रत मान्दछन् ।
व्रतमा सबैमा श्रेष्ठ तीजलाई ठान्दछन् ।।

१५ ) भविष्योत्तर पुराण वर्णन यो व्रतको वारे ।
शिवजीले पार्वतीको इच्छा पुरा पारे ।।

१६) पार्वतीले कैलाशमा शिवजीलाई सोधिन् ।
श्रेष्ठ व्रत वेद नदी ग्रह जान्न खोजिन् ।।

१७) पार्वतीले बिन्ती गरिन्श्रेष्ठ व्रत वारे ।
व्रत, वेद, नदी ग्रह शिवले प्रकाश पारे ।।

१८) नदीमा गंगा जी श्रेष्ठ नक्षत्रमा चन्द्र ।
ग्रहमा सुर्यदेव श्रेष्ठ इन्द्रियामा मन छ ।

१९)पुराणमा महाभारत वेद्मा श्रेष्ठ साम ।
व्रतमा तीज छ श्रेष्ठ मिल्ने शिव धाम ।।

२०) तिमीले मलाई पायौ यो व्रत गरेर ।
सखीको सुझाव मान्यौ विश्वास परेर ।।

२१) नारद पिताका तिम्रा दरवारमा पुगे ।
छत्तीस लक्षणयुक्त तिमीलाई देखे ।।

२२) लगाए पितालाई विन्ती विष्णु जवाई बनाउ ।
विण्णु योग्य पुत्री तिम्री विष्णुलाई मनाउ ।।

२३) तिम्रा पिता खुसी भए स्वीकृति नै दिए ।
नारदले विष्णुलोक आफ्नो बाटो लिए ।।

२४) विष्णुलाई लगाए विन्ती कन्या खोजी आएँ ।
हिमवान राजाकी पुत्री खोजे जस्तै पाएँ ।।

२५) विष्णुजी मुस्काए मात्र जवाफ दिएनन् ।
अन्तर्यामी सबै देख्ने केही चासो लिएनन् ।।

२६) पार्वतीले शिव्लाई पति स्वीकार गरेकी ।
कसरी पितालाई भन्ने समस्या परेकी ।।

२७) मर्छु बरु सखी सामु आफ्ना दुःख राखिन् ।
कसरी अवज्ञा गरु सही मार्ग मागिन् ।।

२८) सखीले हरण गरि जंगलतिर लगिन ्।
नदी किनार जंगलभित्र एउटा गुफा देखिन् ।।

२९) गुफामा सखीका साथ गुफा भित्र पसिन् ।
वालुवाको लिङ्ग बनाई तपस्यामा बसिन् ।।

३०)अन्न जल सबै त्यागी कठोर तप गरिन् ।
शिवजीको दर्शन पाउने विश्वासमा परिन् ।।

३१) शिवको जपना गरि कठोर तप पछि ।
शिवजीले दर्शन दिए गुफाभित्र पसि ।।

३२) पार्वतीले बिन्ती गरिन् शिव पति पाउँ ।
अर्धाङ्गनी शिवकी बनी दाम्पत्यमा आउँ ।।

३३) शिवले तथास्तु भने ईच्छित वर दिए ।
पार्वतीलाई वर दिई आफ्नो बाटो लिए ।।

३४) पार्वतीले मूर्ति फुल नदी लगि सेलाईन् ।
पिताजी के भन्छन भनि मनमा कुरा खेलाईन् ।।

३५) छोरी खोज्न हिमवानले कति प्रयास गरे ।
पार्वतीलाई नपाउँदा मुर्छा पनि परे ।।

३६) कि सर्पले बाघ भालु राक्षसले खायो कि ?
मेरो छोरी हरण गर्न कोही दुष्ट आयो कि ??

३७) छिन छिनमा मुर्छित पर्ने हाय पुत्री भनी ।
सैनिक चिन्तित हुन्थे उनको पुकार सुनी ।।

३८) त्यस दिन त नदीका किनार पार्वतीलाई पाए ।
हर्षले विभोर भई आफ्नो गला लाए ।।

३९) पिताले कवोल गरे तिम्रै इच्छा पुरा ।
तिमीले भनेको मान्छौ हुन्न अन्य कुरा ।।

४०) हिमवानले आफ्नी छोरी दरवारमा लगे ।
पार्वतीको विवाह गर्न गुरु पुरोहित डाके ।।

४१) सखीले हरण गर्दा हरितालीका भयो ।
यो व्रतको नाम पनि त्यसै नामले रह्यो ।।

४२) आलिभि सङनीद्धारा हरिता हरण ।
हरितालीका नाम रहयो शिवजीको वरण ।।

४३) शिवजीले विस्तारले पूर्ण कथा भने ।
पार्वती र शिवगणले ध्यान दिई सुने ।।

४४) यो व्रत व्रतमाश्रेष्ठ यो व्रत गरेमा ।
ईच्छित पाउँछन फल जे ईच्छा गरेमा ।।

४५) कन्या केटी यो व्रतले असल पति पाउँछन ।
गुणी ज्ञानी पति पाई सुख शान्तिमा आउँछन ।।

४६) पतिको दीर्घायु पाउँछन विवाहित नारी ।
सुख शान्ति वैभव पाउँछन सबै कष्ट टारी ।।

४७) सुदूरपश्चिम् तृतीयामा डिकरा पुज्दछन् ।
वालुवा पवित्र माटो भाडोमा मुच्दछन ।।

४८) वालुवा माटोलाई कुटी एउटैमा मिसाई ।
तामाको भाडोमा राख्छन पानीमा भिजाई ।।

४९) शिव पार्वतीको मुर्ति बनाई घाममा सुकाउँछन् ।
श्रृंगार पटार गरि कोठामा पुगाउँछन ।।

५०) साँझमा पुजने ठाउँमा सबै जम्मा हुन्छन् ।
पुजारीले हरितालीका व्रतको कथा भन्छन् ।।

५१) डिकरा र तीज पुजा हरितालीका अनि ।
नारीले पुजन गर्ने शिवको पुजा भनि ।।

५२) दिक्कर संस्कृत शब्द शिवजीको नाउँ ।
डिकराको पुजन हुन्छ सुदूरपश्चिम गाउँ ।।

५३) एक सय आठ सुते बत्ती अखण्ड बाल्दछन् ।
पुजा सकि मंगल फाग नाच गान थाल्दछन् ।।

५४) रातभरि जाग्रम बसि शिवपार्वतीका गीत ।
गितेरु दोहरी लाग्छन् हुन्छ हार जीत ।।

५५) प्रभात दोसरा दिन जलाशय धारा ।
विर्सजन गर्न जान्छन् मांगल गाउँदै सारा ।।

५६) घर आई गणेश पुजा गणेश चौथीमा ।
चेलीबेटी आइसक्छन पहिल्यै औंसीमा ।।

५७) अर्को दिन पंचमीमा ऋषि पुजा अनि ।
काँसका सप्तर्षि बनाई अरुन्धती पनि ।।

५८) तिन सय पैसठ्ठि दतुन पाप पखाल्नलाई ।
दातमा मंजन गर्नु वानी वसाल्नलाई ।।
५९) अरुन्धती ऋषि पत्नी सप्तऋषि पुजा ।
पुजा सकि करकल्लोको सातमा खान्छन भुजा ।।

६०) वर्षातको काम सकि पूmर्सदको छिनमा ।
मस्तले मनाउँछन् तीज तृतीयाको दिनमा ।।

६१) भोकै बस्दा स्वास्थ्य पनि सुध्रिएर आउँछ ।
पेटको पाचन शक्ति वृद्धि हुन पाउँछ ।।

६२) घरमा सद्भाव वढ्छ सुख शान्ति छाउँछ ।
तीजको व्रतको प्रसाद धन धान्य आउँछ ।।

६३) जय होस हिन्दु नारी सभ्यता बचाउँछौ ।
आपूm दुःख कष्ट सहि संस्कृति जगाउँछौ ।।

६४) संकटमा रक्षा गर्ने आद्या शक्तिमाता ।
ईश्वरको बास हुन्छ नारी पुज्छन जता ।।

६५) यसपालीको तीज खल्लो नुन विनाको साग ।
आमाको पोल्टोमै रह्यो छोरी दिने भाग ।।

६६) कोरानाको आतङ्कले आवत जावत बन्द ।
माईतीको घरमा पुग्छ छोरीहरुको मन त ।।

६७) दुई हजार दश सालमा प्लेगको महामारी ।
बीस हजारको मृत्यु भयोकाठमाण्डांैमां भारी ।।

६८) त्यो साल सायद तीज घरमै मनाए ।
घरमा गरेर पुजन भक्तिभाव् जनाए ।।

६९) यस पाली पशुपति बन्द बाटो घाटो बन्द ।
घरमा मनाउन वाध्य कता जानु अन्त ।।

७०) शारीरिक दूरी राखि मुखमा मास्क लगाऔं ।
सबै मिलि नियम मानौं कोरोनालाई भगाऔं ।।

७१) अर्को वर्ष मस्तसँग तीजलाई मनाउँला ।
आपसमा मिलीजुली सद्भाव जगाउँला ।।

७२) संकट अवश्य टर्छ दश सालको जस्तै ।
सबै मिलि टार्न सक्छौ संकट आओस् कस्तै ।।

७३) घरमा बसौ मास्क लगाऔं हात साबुन पानी ।
दुरी कायम मास्क लाउने हात धुने बानी ।।

७४) पार्वती माता र शिवले सबको रक्षा गरुन् ।
सबैलाई आशिष दिउन सबका कष्ट हरुन् ।।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ भाद्र ७

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ भाद्र ७

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ भाद्र ७

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP