गमरा गौराको पर्व गौरीको पुजन ।
सम्पत्ति सन्तान प्राप्ति मिल्दछ शकुन ।।
सुदूरपश्चिम कर्णाली भारत गडवाल कुमाउँ ।
नाच गान गीत माङ्गल बज्छन दाईना दमाउँ ।।
हिमाल पुत्री पार्वतीले शिव पति पाउन ।
शिवको पूजन गरिन समीपमा आउन ।।
पार्वतीको पूजा देखी शिव खुसी भए ।
वर दिन पार्वतीका समीपमा गए ।।
शिवलाई पतिको रुपमा पाउन विन्ति गरिन् ।
शिवले तथास्तु भन्दा शिवका पाउमा परिन् ।।
द्रौपदीले गौरा पुजिन पाण्डव वन जाँदा ।
वनवास गुप्तवास धेरै कष्ट खाँदा ।।
त्यसैको सम्झना स्वरुप गौरी पुजन हुन्छ ।
धनधान्यले परिपूर्ण दीर्घजीवी बन्छ ।।
भाद्र शुक्ल कहिले कृष्ण गौरा पर्व पर्छ ।
विवाहित महिलाले व्रत पुजा गर्छ ।।
कृष्ण पक्ष पर्ने गौरा अनारी भन्दछन् ।
शुक्लपक्ष पर्ने गौरा उजेली मान्दछन् ।।
भाद्र मैना तृतियामा विरुडा जुटाउँछन् ।
चतुर्थीमा विरुडालाई राम्ररी केलाउछन् ।।
तृतियामा पाँचै अन्न जम्मा गर्छन् सबै ।
सफा शुद्ध ठाउँमा राख्छन जम्मा गरि तबै ।।
गहुँ, मास, गहत, केलाउँ, गुराउँस पाँचै लाई ।
चतुर्थीमा केलाउँछन सफा ठाउँमा आई ।।
पंचमी ती पाँचै अन्न ताम्रपत्र राख्छन् ।
तामाको भाडोमा भिजाई माथिबाट ढाक्छन् ।।
षष्टीमा पखाल्न जान्छन जलाशय धारा ।
गीत गाउँदै झुण्ड बनी व्रतालु ती सारा ।।
सप्तमीमा ग्वारा ल्याउने कार्यमा धाउँछन् ।
धान साउँ आप अम्वा अमला ल्याउँछन् ।।
पार्वतीको आकार वनाई डालोमा सजाउँछन् ।
लुगा लत्ता गहनाले राम्ररी सजाउँछन् ।।
राता नयाँ कपडा लिई पार्वतीलाई लाउँछन् ।
गाउँ भरिकी वुढीवाली माङ्गलगाउँदै आउँछन् ।।
टीका लगाई घुम्टो हाली पार्वती बनाउँछन् ।
नाचगान फाग माङ्गल रमाईलो मनाउछन् ।।
महेशको छुट्टै मुर्ति पिर्कामा सजाउँछन् ।
पार्वती महेशको बडाई साजवाज बजाउँछन् ।।
सात धागो एकमा बेरी दुवो धागो बन्छन ।
दुवो धागो लगाउनाले व्रत सफल हुन्छन् ।।
घाँटीमा लगाउँछन दुवो धागो वनाई सबै ।
दुःख दर्द सबै भाग्छ दुःख हुन्न कवै ।।
दुवो धागो पहिरेर पवित्र वन्दछन् ।
दुवो धागो नपैरेर नखानु भन्दछन् ।।
पुरुषको जनै जस्तै दुवो धागो हुन्छन् ।
दुवो धागो पहिरेर तव शुद्ध हुन्छन् ।।
गौराको वारेमा धेरै किम्दन्ती छन ।
गौरी उनै ग्वरा उनै पारवती हुन ।।।
पार्वतीको आराधनाले शिव खुशी भए ।
पारवतीको तपस्याले शिव पति पाए ।।
तवै चल्यो यो पुजन गोरा गौरी पुजा ।
कुनै भन्छन् हृैह्य वंशी सहृस्त्रार्जुनको कथा ।।
हृैह्य वंशी सहृस्त्रार्जुनले धन फिर्ता लिँदा ।
भृगुवंशी व्राहमण मरे उनले कष्ट दिँदा ।।
विधुवा व्राह्रमणी वसिन उपासना गर्न ।
कसरी सतित्व वचाउँ तिनी लागिन डर्न ।।
व्राहमणीले तेज वालक उपासनाले पाइन् ।
व्रहामणीको पुकार सुनी गौरी समिप आइन् ।।
वालकको तेजवाट राजा अन्धा भए ।
व्राह्मणीको समिपमा उनी माफी माग्न गए ।।
त्यसैको सम्झना स्वरुप गौरी पुजन थाले ।
सर्वशक्ति गौरी पुजन सवले ज्योति वाले ।।
भृगु वंशी कारण होला गौरी विवाह मान्छन् ।
शिव पार्वती विवाहको कारण हो ठान्छन् ।।
अष्टमीमा धुमधाम सँगगौरी पुजन हुन्छ ।
साईत हेरी वार हेरी विर्सजन बन्छ ।।
विदेश गएका पनि घरमा आउँछन ।
गौरीको प्रतापवाट आफ्ना जन पाउँछन ।।
महिला महेश्वर ग्वरा सवैले नचाउँछन् ।
दमाईले दाईन दमाउ साजवाज वजाउँछन् ।।
साँझमा धमारी गीत पुरुष जाती गाउँछन् ।
ग्वारामा देउडा खेल्न अरु पनि आउँछन् ।।
धुमाधम मनाउँछन गौरा औकात बर्गत हेरी ।
सबै जना घर आउँछन् ग्वारा आउँदा खेरी ।।
गौरीले वरदान दिउँन सबको भलो गरुन् ।
सुख शान्ती सधै छाओस् दुःख दर्द हरुन् ।।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...