२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

भारतमा अलपत्र नेपालीको पीडा देउडामा

भोको भेलै तिर्खायलै, ऊई माटी को मया ।
न वारिका न पारिका, केईत धेका दया ।।

ऊई भयो रोडको बास, ऊई चैत को घाम ।
घरकीआस दौडी आया, परदेश छुट्यो काम ।।

कामछुट्यो मुख्बुजो लाग्यो, नैत रयो खोली ।
जाऊ साला नेपालि भन्ना, मुटु लाऊना बोली ।।

ताँका पुलिस माद्दाई आऊना, नेपाल खुट्टो हाले ।
भागो भन्ना भारत पुलिस, कित्ना दिन पाले ।।

कैलेई भोकेई कैलेई बासि, कैलेई तेसि छाक्की ।
जीऊनु परान घर पुग्ने, अबत आसै आत्थी ।।

केई सित केई घाम पानि , रोग भन्नालै भोग ।
जिऊ रयो बाऊडरका छोड, परान जन्मे लोग ।।

वाँई बसन्थेऊ क्वारेन्टाईन , लेग औल खर्क ।
धन्नहो कम्निस्ट सरकार , जिऊनाई पुगाई नर्क ।।

ठुलठुलाखी प्लेन पठाई , चाइनमा रमाऊने ।
काँजान्ना केखान्ना मान्थी , भारत कमाऊने ।।

काम छुटे मैनादिन भैगे, होटलका हुने ।
कैकोई छ रोडको बास, कोई कोठाईमि रुने ।

को हेरलो अर्खा जनता, आफ्ना जनता छाडी ।
कि हामखी रनुखानु दीहाल, कि पठाईदे गाडी ।।

काँखिछ धेकाईदे सरकार, मेरा बाको बीर्ता ।
कि जन्ता चाएैन भन्दे , कि लैजाईदे फिर्ता ।।

माहादेबराज भट्ट. (प्राणिनाथ)
सुदूरपश्चिमेली नेपाली समाज भारत शाख पुर्व केन्द्रिय उपाध्यक्ष (तदर्थ समिति )
ठेगाना : शिखर नगरपालिका–७ गिल्ला, डोटी
हाल : मुद्रास भारत

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७६ चैत्र ३०

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP