२०८३ जेष्ठ २०, बुधबार
June 3, 2026, Wednesday

सरकार विरुद्ध नेविसंघ डोटीको मोटरसाइकल ¥याली सहित सिटी जुलुस (भिडियो सहित)

डोटी- नेपाल विद्यार्थी संघ डोटीले सरकारको विरोधमा मोटरसाइकल ¥याली सहित सिटी जुलुस निकालेको छ ।

जिल्ला सदरमुकाम सिलगढी, दिपायल, राजपुर हुँदै पिपल्ला बजार पुगेको मोटरसाइकल ¥याली सहितको सिटी जुलुस कोणसभामा परिणत भएको थियो ।

नेपाल विद्यार्थीसंघको सरकुलर अनुसार डोटीमा पनि सयौंको संख्यामा मोटरसाइकल सहितको जुलुस निकालिएको हो । यो संगै राती दिपायलमा राके जुलुस पनि निकालिएको छ ।

सरकारको सर्वसत्तावादी प्रवृति, कोभिड–१९ मा असफलता, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्यआतंक, चर्को मुल्य वृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि, र कुशासनको विरुद्ध आइतबार जुलुस निकालिएको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए । सरकारका गतिविधि नसच्चिए नेविसंघले सरकारलाई ढालेर देखाइ दिने उनको भनाई थियो ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ मंसिर २९

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP