२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

सरकार विरुद्ध डोटीका गाउँ–गाउँमा मसाल जुलुस (भिडियो सहित)

डोटी- नेपाली कांग्रेस डोटीले सरकारको विरोधमा गाउँ–गाउँमा मसाल जुलुस निकालेको छ । जिल्लाका प्रत्यक वडाहरु, जिल्ला सदरमुकाम, साविकको क्षेत्रीय सदरमुकाम लगायतका ठाउँहरुमा जुलुस निकालिएको डोटी कांग्रेसले जनाएको छ ।

सरकारको सर्वसत्तावादी प्रवृति, कोभिड–१९ मा असफलता, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्यआतंक, चर्को मुल्य वृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि, र कुशासनको विरुद्ध आइतबार राती जिल्लाभर मसाल जुलुस निकालिएको नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले बताए ।

सचिव जोशीका अनुसार आज भिभिन्न ठाउँहरुबाट जुलुस सहित साविकको क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लामा विरोध सभा आयोजना गरिने छ । सभालाई केन्द्रीय सदस्य पूर्वमन्त्री वीरबहादुर बलायर लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ मंसिर २९

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP