काठमाडौं– सर्वोच्च शिखर सगरमाथाकाे नयाँ उचाइ घोषणा गरिएको छ।
नेपाल तथा चीनका प्राविधिक टोलीको संयुक्त प्रशोधनबाट प्राप्त उचाइ मंगलबार घोषणा गरिएको हो।
सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ।
नापी विभागको नेतृत्वमा सगरमाथाको उचाइ नाप्ने काम गत जेठमा सकिएको थियो। ‘ग्लोबल न्याभिगेसन स्याटेलाइट सिस्टम’ को प्रयोग गरी उचाइ नापिएको हो।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सम्झौता भएको थियो।
चीनले पनि गत वैशाखमा सगरमाथाको उचाइ नापेको थियो।
२०७२ को भूकम्पले सगरमाथाको उचाइमा घटबढ भएको बताइएको छ। सगरमाथाको यसअघिको उचाइ ८८४८ मिटर हो।
दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...