२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

बाजुरामा बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

बाजुरा : बाजुरामा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर २ का वडासदस्य लालबहादुर बुढा  महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ। 

३७ वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए। प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ। ती पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन्।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र ९

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP