२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

गरिखान देउ भन्दै सडकमा व्यवसायी

काठमाडौं– रात्रिकालीन व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायी गरिखान देउ भन्दै सडकमा सडकमा उत्रिएका छन् । कोभिड–१९ को जोखिमका कारण झन्डै ९ महिनादेखि रात्रिकालीन व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायी सडकमा उत्रिएका हुन्।

हिजो बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवीमार्गको सडकमा आएका ठमेल क्षेत्रका व्यवसायीहरुले आज माइतीघर, बबरमहल, बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन्।  

सुरक्षाको मापदण्ड अपनाई रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग व्यवसायीहरुको छ।

कोरोना संक्रमणको जोखिमका कारण सरकारले गत चैत ११ बाट लकडाउन गरेसँगै रात्रिकालीन व्यवसाय पूर्ण रूपमा बन्द छ। सरकारले विभिन्न किसिमका पर्यटन व्यवसाय क्रमिक रूपमा स्वास्थ्य मापदण्ड अपनाई सुचारु गर्न दिए पनि रात्रिकालीन व्यवसाय (लाउन्ज, बार, डिस्को, डान्स बार, दोहोरी, गजल लगायत) व्यवसाय भने अझै खोल्न दिएको छैन। 

यस्ता व्यवसायीले व्यवसाय पूर्ण रूपमा बन्द हुदाँ घर भाडा, बैंकको व्याज लगायत तिर्न गाह्रो भएको गुनासो गर्दै तत्काल व्यवसाय सुचारु गर्न दिन सरकारसँग माग गरेका छन्।

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०७७ मंसिर १८

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP