२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

कांग्रेस क्रियाशिल सदस्य मल्लको निधन : पार्टीको झण्डा ओढाएर गरियो अन्तिम विदाई

डोटी- नेपाली कांग्रेस डोटीका क्रियाशिल सदस्य गोकर्ण मल्लको निधन भएको छ । शिखर नगरपालिका– पचनाली निवासी मल्लको ७१ वर्षको उमेरमा निधन भएको हो ।

मधुमेहका विरामी मल्लको मंगलबार साँझ ७ः ४० बजेको समयमा निधन भएको परिवार स्रोतले जनाएको छ । भारतको मुम्बैमा रहदा समेत लोकतन्त्रका लागि योगदान पु¥याएका मल्ल युवाअवस्था देखिनै पार्टीमा सक्रिए थिए ।

मल्लको बुधबार सेती आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली कांग्रेस डोटीका सदस्य जित बहादुर खड्काले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए । जिल्ला सदस्य खड्का, नेपाली कांग्रेस वर्दियाका सचिव जीवन मल्लले स्व. मल्लले लोकतन्त्र संस्थागत गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । मल्लको निधनले डोटीको राजनीतिमा अपुरणीय क्षति पुगेको खड्काले बताए ।

स्व. मल्ललाई स्मरण गर्दै एक मिनेट मौन धारण गरिएको थियो । स्व. मल्लका तीन छोरा, दुई छोरी छन् ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ मंसिर १७

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP