२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

फेसबुकमा सुसाइड नोट लेखेर डा. झा बेपत्ता

काठमाडाैँ – फेसबुकमा सुसाइड नोट लेखेर डेन्टल सर्जन डा. दिगाम्बर झा बेपत्ता भएका छन्।

मगंलबार बिहान फेसबुकमा आफ्नो पीडा पोख्दै सुसाइड नोट पोस्ट गरेर उनी सम्पर्क बिहीन भएका प्रहरीले जनाएको छ।

डा. झाले सुसाइड नोटमा आफूले आत्महत्या गर्नुको कारण बुवा, आमा र बहिनीसहितका परिवारका सदस्य रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘बुबा, आमा र बहिनीले जहिले मलाई दुविधामा पारिरहे । मैले कहिल्यै पनि आफ्नो चाहना अनुसार गर्न पाइनँ, जहिले उनीहरुको माग पूरा गर्दा थाकिसकेँ ।’

आफ्नो जीवन रहेका श्रीमतीलाई आमा, बुवा र बहिनीले कुट्न बाध्य पार्ने गरेको उनले उल्लेख गरेका छन् ।

उनको फोन तथा गाडी ट्रेसिङ गर्दै जाँदा पछिल्लो समय पौनती आसपास रहेको र त्यहाँ उनले चढ्दै आएको बा १६ च ८६७९ नम्बरको गाडी समेत फेला परेको प्रहरीले जनाएको छ ।

डा. झा भक्तपुरमा सिटी डेन्टल हस्पिटल सञ्चालन गर्दै आएका थिए।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ कार्तिक २५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP