२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

डोटेली भाषाको गीतमा नौलो पन : फरक ब्याटलमा आयो ‘जुन लागेकी रात’ (भिडियो सहित)

काठमाडौँ- डोटेली भाषका गीतहरु ठाडी, डेउडा हुँदै डिजे, आधुनिक ब्याटलमा आउने गरेका छन् । तोडमोड गरिएका सरल भाषा प्रयोग भएका तथा मिश्रित नेपाली भाषाको प्रयोग भएका डोटेली भाषाका गीतहरु पछिल्लो समय चर्चामा आउने गरेका छन् ।

यसै क्रममा डोटेली भाषको एउटा फरक लय, शब्द, संगीत भएको डोटेली भाषाको गीत सार्वजनिक भएको छ । डोटीका युवा कलाकार राजु भट्टले नयाँ ब्याटलमा ‘जुन लागेकी रात’ नामक गीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् ।

गायक राजु भट्ट र गायीका ममता गुरुङको स्वर रहेको उक्त गीतमा मानव सुबेदीको संगीत रहेको छ । राजु भट्टको आफ्नै रचना रहेको गीतको छायाँकन र सम्पादन अनुप पौडेलले गरेका छन् ।

स्टुडियो भित्रै छायाँकन गरिएको उक्त म्युजिक भिडियो 2SR NEPAL नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=mRwJoDLHWI8

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ कार्तिक १२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP