२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कृषि विकास बैँक ह्याक गर्ने भारतीय नागरिक कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट कृषि विकास बैँकको वित्तीय प्रणाली ह्याक गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले पश्चिमी सिमानाका गड्डाचौकी क्षेत्रबाट बित्तिय प्रणाली ह्याक गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा भारतको उत्तराखण्ड प्रदेशको चम्पावत जिल्लाको बनवासा बस्ने ५५ वर्षीय सुसिल गर्ग रहेको जानकारी दिए।

प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाका अनुसार निजमाथि अनाधिकृत रुपमा विद्युतीय माध्यमको दुरुपयोग गरी वित्तिय प्रणालीमा पहुँच राख्दै विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको आरोप छ। गर्गलाई पक्राउ गरी महानगरिय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाईएको प्रहरी नायब उपरिक्षक थापाले बताए।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन २०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP