२०८१ बैशाख २१, शुक्रबार
May 3, 2024, Friday

बडीकेदारमा प्राविधिक शिक्षा पढाई हुने

डोटी- डोटीको बडीकेदार गाउँपालिकामा प्राविधिक शिक्षा अन्तरगत सिभिल इन्जिनियरिङ्ग बढाई हुने भएको छ । गाउँपालिकाको वडा नं. २ मा रहेको बर्छैन माध्यमिक विद्यालयमा पहिलो पटक प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ पढाइ हुने भएको हो ।

विद्यालयमा भएको पूर्बाधार, विद्यार्थीहरुको संख्या, शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद ( CTEVT ) बाट अनुमति प्राप्त भैसकेकोले यसै वर्षबाट अध्ययन अध्यापन गराइने विद्यालयले जनाएको छ ।

यस अघि प्राविधिक शिक्षा लिनका लागि जिल्ला सदरमुकाम तथा अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । गाउँपालिकामै प्राविधिक शिक्षा लिन पाइने भएपछि स्थानीयहरु खुसि भएका छन् ।

बडीकेदार जस्तो दुर्गम ठाउँमा सस्तोमा गुणस्तरीय प्राविधिक शिक्षा दिने प्रयत्न गरेको बर्छैन माविका प्रधानाध्यापक ईन्द्रबहादुर बमले बताए । प्राविधिक शिक्षा पढ्ने ईच्छाशक्ति हुँदा हुँदै पनि भारत लगायतका मुलुकमा विद्यार्थी पलायन हुनुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए ।

प्राबिधिक शिक्षा अध्यापन गराउनका लागि प्रयाप्त मात्रामा जनशक्ति र भौतिक पूर्वाआधार भएकोले विद्यार्थीहरुले सहज बातावरण गुणस्तरीय शिक्षा पाउने र गाउँमा नै प्राविधिकहरु उत्पादन हुने प्राविधिक शिक्षा संयोजक कमल बमले बताए । गाउँपालिकामा पहलिो पटक एउटा प्राविधिक विद्यालय सञ्चालनमा आउने भएकाले गाउपालिकाबाट अझै आर्थिक भौतिक र व्यवस्थापकीय सहयोग प्राप्त हुने विस्वास व्यक्त गरिएको छ ।

प्राविधिक शिक्षा सञ्चालनका लागि अभिभावक, शिक्षा प्रेमीले निकै चासो र महत्व दिएका कारण गाउँपालिकाले पनि सहयोग गर्ने गाउापालिकाकी उपाध्यक्ष ईन्द्रा भाँट बोहराले बताइन् । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउँदै उनले प्राविधिक शिक्षा सञ्चालनमा समेत बिशेष चासो र महत्व दिएको बताइन् ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७७ आश्विन २०

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP