२०८३ बैशाख ६, आईतवार
April 19, 2026, Sunday
कोरोना त्रास

अछामको बान्निगढी र बैतडीको मेलौली क्षेत्र सिल

अछाम- कोरोना संक्रमितको संख्या बढेको भन्दै अछामको बान्निगढी जयगढ गाउँपालिकालाई एक हप्ता सिल गर्ने यिनर्णय गरिएको छ ।

गाउँपालिकामा कोराना संक्रमण बढेपछि सोमबार बसेको कार्यपालिकाको बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङगानाले बताए ।

गाउँपालिकाको वडा नम्बर ३ का ३४ वर्षीय पुरुषको ज्यान गएको र आइसोलेसनमा बसेकाहरुमा समेत कडा खालको लक्षण देखिएकाले असोज १९ गते सम्मका लागि गाउँपालिका सील गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ढुङगानाले बताए ।

बैतडीको मेलौली क्षेत्र पनि सिल

बैतडी: नगरपालिकाको सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ। मंगलबार नगरपालिकामा ती कर्मचारी र एक भारतबाट फर्केका स्थानीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो।

मंगलबार बसेको आकस्मिक बैठकले असोज १७ गते राती १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टले जानकारी दिए।  

सिल गरिएको अवधिमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द रहने नगरपालिकाले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन १३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP