२०८३ बैशाख ६, आईतवार
April 19, 2026, Sunday
कोभिड - १९ अपडेट

सोमबार थपिए १ हजार ३५१ कोरोना संक्रमित : ४ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ छ। जसमध्ये ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा र १० हजार ९२९ जना होम आइसोलसनमा रहेका छन्।

आज पीसीआर १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ।

हालसम्म नेपालमा ९ लाख ९८ हजार ४०७ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर ६ हजार ३१० जना क्वारेन्टिनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ७४२ जना डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० छ।

पछिल्लो २४ घण्टामा नेपालमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४८१ पुगेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन १२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP