२०८३ बैशाख ६, आईतवार
April 19, 2026, Sunday

सेती अस्पतालको परिक्षणमा थप ३४ जनामा कोरोना पुष्टि

कैलाली- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा सोमबार २ सय ३३ जनाको कोरोना परीक्षण गरिएकोमा ३४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको परिक्षणमा कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जना, जोशीपुर गाउँपालिकाका ६ जना र घोडाघोडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का ७ जना र शुक्लाफाटा नगरपालिका–९ का एक जनामा कारोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन १२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP