
महेन्द्रनगर- २० हजार फिरौती रकम माग्दै अपहरण गरिएका ४ जना नेपालीलाई भारतीयले छोडेका छन् । माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चारजनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका थिए ।
सीमास्तम्भ नम्बर ७८५–२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्न गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले सरदारहले नियन्त्रणमा लिएका थिए ।
सोमबार राति १२ बजेतिर सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले भारतीय रहेका एसएसबीलाई सम्पर्क गरी नेपालीहरुलाई सकुशल नेपालमा ल्याईएको उनले बताए ।
नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही २० हजार रुपैयाँ फिरौती रकम माग गरेको ऐरले बताए । भारतीय सरदारहरुले पहिला पनि गाउँमा आएर घरपालुवा जनावरहरु चोरेर लैजाने गरेको स्थानीय रामलाल चौधरीले बताए ।
बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गङ्गादत्त बोगटीको कमाण्डमा गएको सात जनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ । एसपी ऐरले भने, ‘भारतीयहरुले नियन्त्रणमा लिएका व्यक्तिहरुबारे खोजबिन गरिरहेका छौँ ।’
यसैगरी पुनर्वास नगरपालिका–८ मोतियाफाँटबाट भारतको जङ्गलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी बस्तीका १९ वर्षीय युवकलाई सोमबार साँझ नै भारतीय वन रक्षक सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ ।
उनका आफन्तले दशगजा नजिकैको सीमास्तम्भ नम्बर ७६६÷७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिएका छन् ।
उनको बारेमा थप बुझेर फिर्ता ल्याउनको लागि समन्वय भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...