
बाजुरा – बाजुराका अधिकांश विद्यालयमा भौतिक दूरी कायम राखेर पठनपाठन सुरु हुन थालेका छन् । कोभिड १९ को महामारीका कारण चैत महिनादेखि विद्यालयमा पठनपाठन कार्य अवरुद्ध हुँदै आएको छ ।
बाजुराको बूढीगंगा नगरपालिका वडा नम्बर ५ स्थित भानोदय माविले भौतिक दूरी कायम गर्दै असोज १ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको छ ।
संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भदौ १९ को निर्णय अनुसार स्वीकृत विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ५ को क ४ अनुसार पढाइ सुरु गरिएको भानोदय माविका प्रधानाध्यापक मनवीर खातीले बताए ।
सो विद्यालयले टोल बर्गिकरण गरेर एक दिन एउटा टोल र अर्को दिन अर्को टोलका विद्यार्थी बोलाएर पढाउन थालेको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...