२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

भारतमा कोरोनाबाट एकै दिन १२ सयकाे मृत्यु : मृतकको संख्या ७६ हजार २७१ पुग्यो

भारतमा कोरोना भाइरसबाट एकै दिन एक हजार २०९ जनाको मृत्यु भएको छ।

यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

साथै पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ५५१ नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

एकैदिन थपिएका नयाँ कोरोना भाइरसका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो। 

अघिल्लो २४ घण्टामा ९५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए। यससँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख ६२ हजार ४१५ पुगेको छ।

अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ४२ हजार ६६४ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्। यता ९ लाख ४३ हजार ४८० संक्रमित निको हुन बाँकी छन्। 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ भाद्र २६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP