२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

कोरोनाका बिरामीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने

कोरोनाभाइरस (कोभिड-१९) का बिरामीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना हुनुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो।

‘अस्पतालमा कोभिड- १९ को लागि छुट्याइएका  आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ’, स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य मन्त्रालयले कोभिड-१९ का बिरामीको उपचारका लागि भनेर निश्चित अस्पताल तोकेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ भाद्र ६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP