२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नजिक, आज २० जना संक्रमित थपिए

धनगढी– सुदूरपश्चिममा मंगलबार थप २० जनामा कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सात, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा १२ र त्रिवि शिक्षण अस्पताल काठमाडौंको प्रयोगशालामा १ गरी मंगलबार २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङमा दिएको जानकारी अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा अछाम जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एक जनामा संक्रमण पुष्टि भएको छ।

यता सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीमा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ५ का ७४ वर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्वर ४ का ४० वर्षीया महिला, लम्कीचुहा नगरपालिका वडा नम्वर ५ का ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।

यसैगरी शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ कञ्चनपुरका २२ वर्षीय युवक र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का २३ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८० जनाको कोरोना परीक्षण गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ। सुदूरपश्चिममा हालसम्म संक्रमण पुष्टि भएकामध्ये एक हजार पाँच सय १३ जना डिस्चार्ज भइसकेका छन् भने ८ जनाको मृत्यु भएकाे छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ असार ३०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP