२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

शिखर नगरपालिकाद्धारा ८४ जना एचआइभि संक्रमितलाई खाद्यान्न वितरण

डोटी– शिखर नगरपालिकाका एचआईभि संक्रमितलाई खाद्यान्न वितरण गरिएको छ । नगरपालिकाले नगरका ८४ जना संक्रमितलाई खाद्यान्न वितरण गरेको हो ।

कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउन र त्यसको प्रभावले जीविकोपार्जन गर्न समस्या भएका संक्रमितलाई खाद्यान्न वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत परमानन्द शार्माका अनुसार प्रति व्यक्ति २० किलो चामल, ५ किलो पिठो २ किलो दाल, २ किलो चिनि, १ लिटर तेल गरेर ८४ जनालाई खाद्यान्न वितरण गरेको हो ।

लकडाउन पछि नगरले नगरका विपन्न परिवारलाई यस अघि पनि खाद्यान्न वितरण गरेको थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ असार १४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP