२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार १४४ पुग्यो

सुदूरपश्चिममा आज थप १३७ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा ९६ र धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार १४४ पुगेको छ ।

आईतवारसम्म १००७ जनामा कोरोना रहेकोमा सोमवार १३७ जना थपिएका हुन् । काठमाडौमा थपिएकामा कैलालीमा ५८ जना, डडेल्धुरामा १५ जना, बैतडीमा १४ जना, डोटीमा ७ जना र अछाममा १ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीमा २२ जना, डडेल्धुरामा ३ जना, अछाममा ५ जमा, कंचनपुरमा ८ जमा र बझाङमा ३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय ४९, डडेल्धुरामा २०४, बैतडीमा १५७, कञ्चनपुरमा १०७, अछामका ६६, डोटीमा १५७ बाजुराका ७१, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका मध्ये पाँच जनाको मृत्यु भईसकेको छ जसमा ४ जनाको मृत्यु पश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ असार ९

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP