२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

डोटीका ११८ जनामा कोरोना संक्रमण कुन स्थानीय तहका कति ?

डोटी । शनिबार डोटीका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धनगढी प्रयोगमा गरिएको परीक्षणमा शनिबार डोटीका ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार आज पुर्वीचौकी गाउँपालिकामा २२, आदर्श गाउँपालिकामा १५, शिखर नगरपालिका ८ , दिपायल सिलगढी नगरपालिकामा ५, केआईसिंह गाउँपालिका २ र जोरायल गाउँपालिकामा ५ जना गरि जम्मा ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यस अघी ७२ जना भनिएपनि १५ जना बैतडी जिल्लाका रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

यो संगै डोटीमा संक्रमितको संख्या एक सय १८ पुगेको छ । संक्रमित एक सय १८ जना मध्य ४ जना जिल्ला बाहिर कैलालीमा रहेका छन् भने एक सय १४ जना जिल्ला भित्रै रहेका छन् ।

सबै भन्दा बढी शिखर नगरपालिकाका ४० जना, दिपायल लिगढी नगरपालिकाका १२ जना, पूर्वीचौकी गाउँपालिकाका २८ जना, बडीकेदार गाउँपालिकाका ४ जना, सायल गाउँपालिकाका ३ जना, आदर्श गाउँपालिकाका १७ जना र जोरायल गाउँपालिकाका ८ जना, केआइसिंह गाउँपालिका ६ जना गरी ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि पुष्टि भएका केआइसिंह गाउँपालिका ठेगाना भएका ४ जना कैलाली स्थित गौरीगंगा नगरपालिकामा रहेका छन् ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ असार ७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP