२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

स्वाब पठाएको १८ दिनपछि नतिजा पोजेटिभ, बडीकेदारका संक्रमित सबै घरघरमा

चक्र मल्ल

बडीकेदार- डोटीको बडीकेदार गाउँपालिकामा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्वर-२ का एकजना पुरुष र वडा नम्बर ५ का तीनजनामा कोरोनाको पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा चार जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

गत जेठ २० गते स्वाब संकलन गरेर पठाएका बडिकेदार गाउँपालिकाका ३८ जना मध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ, भने चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनिहरु सबैलाई क्वारेन्टाइनबाट घर पठाइसकेकोले गाउँमा त्रास उत्पन भएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ असार ६

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP