नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले विभिन्न सञ्चारमाध्यममा कोभिड–१९ को जोखिममा क्रियाशील श्रमजीवी पत्रकारलाई सेवाबाट हटाइएमा कडा आन्दोलन गर्ने बताएका छन्।

आज आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले पछिल्लो समय विभिन्न सञ्चारगृहले पत्रकारलाई तलब नदिने तथा सेवाबाट हटाउन तयारी गरेकाले त्यसो नगर्न विभिन्न सञ्चारगृहका सञ्चालकलाई आग्रह गर्दै अहिलेको कठिन अवस्थामा पत्रकारलाई सेवाबाट हटाएमा सञ्चारगृह बन्द गर्नुपर्ने अवस्था आउने बताए।
महासङ्घको काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले समाचार सङ्कलन तथा प्रवाहमा अग्रस्थानमा खटिने सञ्चारकर्मीलाई अहिले थप सुविधा तथा अन्य सुरक्षा मापदण्डको खाँचो औँल्याउँदै बजेटमा स–साना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई विशेष व्यवस्था गर्न नसकिएकाले सरकारले सहुलियत कर्जा उपलब्ध गराउन माग गरे।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...