२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday

धनगढीका बस चालक कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर

काठमाण्डौं पठउने तयारी

कैलाली- सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेका एक जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर रहेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको स्वास्थ्य अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

शनिबार संक्रमण पुष्टि भएका उनि कञ्चनपुरको गड्डाचौकीबाट यात्रुलाई क्वारेन्टिन पुगाउने बस चालक हुन् । स्वास्थ्यमा समस्या देखिएपछि संक्रमित उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल गएका थिए । अस्पतालले भर्ना हुनु पर्ने बताए पछि उनि घर फर्किएका थिए । स्वास्थ्य बिग्रिदै गएपछि उनि धनगढीकै नवजिवन अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । त्यहा पछि उपचार हुन नसकेपछि उनलाई सेती अस्पतालको आईसियूमा राखेर उपचार भैरहेको थियो ।

स्वास्थ्य अवस्था गम्भिर हुँदै गएपछि उनलाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत उद्धार गरी काठमाडौँ पठाउने तयारी भईरहेका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७७ असार ३

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP