२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

संविधान संशोधनप्रति असहमति जनाउँदै भारतले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं- भारतले दुई देशबीच सीमासम्बन्धी विवादलाई वार्ताका माध्यमबाट सुल्झाउने समझदारी उल्लंघन भएको प्रतिक्रिया दिएको छ।

कालापानी, लिपुलेक, लिम्पियाधुरासम्मको भूभाग समावेश भएको नेपालको नयाँ नक्सा निसान छापमा समेट्न शनिबार गरेको संविधान संशोधनप्रति असहमति जनाउँदै भारतले यस्तो प्रतिक्रिया दिएको हो।

प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पारित भएको केहीबेरमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्यमार्फत भनेका छन्, ‘नेपालको ससंदबाट भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं। यसले दुवै देशबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ।’

नेपालको नयाँ नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले मान्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ।

‘ऐतिहासिक तथ्य र प्रमाणबिना कृत्रिम तरिकाले भूभागको विस्तार गर्नु मान्य छैन,’ विज्ञप्तिमा भनिएको छ। भारतले सीमा विवादका सम्बन्धमा आफ्नो पुरानै अडान दोहोऱ्याएको छ।

Related News

सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट छुट्यायो
सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट छुट्यायो
  • २०७७ जेष्ठ ३२

सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट...

TOP