२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

रुकुम चौरजहारी घटनामा ज्यान गुमाउनेहरुको पुण्य तिथिमा दिप प्रज्वलन

डोटी- डोटीमा रुकुम चौरजहारी सोती घटनामा ज्यान गुमाउनेहरुको पुण्य तिथिमा दिप प्रज्वलन गरिएको छ । नेपाल दलित संघ डोटीको आयोजनामा घटनामा ज्यान गुमाउने नवराज बिक लगायत उनका साथीहरुको १३औं दिनको पुण्य तिथिमा दिप प्रज्वलन गरेको होे ।

जिल्ला प्रशासन कार्यालय डोटीको गेटमा दिप प्रज्वलन सहित श्रद्धाञ्जली सभा आयोजना गरिएको दलित संघ डोटीका अध्यक्ष लाल बिकले बताए । ज्यान गुमाउने ६ जनाको सम्झना गर्दै दोषीलाई कडा कार्बाही गर्न माग गरिएको अध्यक्ष बिकले बताए ।

घटना बिरोधमा दलित संघले यस अघि पनि विभिन्न दबावमुलक कार्यक्रम गर्दै आएको छ भने राजनीतिक दल, भातृ संगठन, अधिकारकर्मी, नागरिक समाज लगातको सहभागितामा संघर्ष समिति समेत गठन गरिएको छ ।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ जेष्ठ २३

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP