
दिपायल — डोटीको आदर्श गाउँपालिका–५ तलाराकी एक महिलाको सायलीगाड (खोला) किनारमा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ३१ वर्षीया लक्ष्मी ओझाको शव आइतबार खोला किनारमा फेला परेको हो।
शनिबार साँझ करिब ८ः३० बजे सोही ठाउँका करिब ४५/५० वर्षीय शेरबहादुर बोहरा र मृत फेला परेकी लक्ष्मी ओझा धान चुट्नका लागि खोला पारी समैजी माडु गएकोमा आइतबारसम्म पनि घर नफर्किए पछि आफन्त तथा छिमेकीले खोजी गरेका थिए।
खोजीका क्रममा सायली खोला किनारमा ओझाको शव फेला परेको आदर्श गाउँपालिका–५ का वडाध्यक्ष उत्तमबहादुर सिंहले आइतबार बिहान १०ः५५ बजे प्रहरीलाई जानकारी गराएका थिए।
घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक सुमन ओझाको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक वासुदेव अवस्थीको कमाण्डमा ६ जनाको प्रहरी टोलीसमेत खटिएको प्रहरीले जनाएको छ।
शेरबहादुर बोहराको अवस्था भने समाचार तयार पार्दासम्म अज्ञात रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार धान चुट्न गएका दुवै जनालाई सायली खोला तर्ने क्रममा खोलाले बगाएको हो ।
दिपायल – डोटीको शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका विद्यालयहरुलाई डिजिटल...