२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम

 

दिपायल – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि डोटीको सुजङ्ग स्कुलले २ लाख बढी रुपैयाँ सहयोग गरेको छ । बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुजङ्ग स्कुलले आर्थिक सहयोग गरेको हो ।

 

साेमबार सुजङ्ग स्कुलका निर्देशक नरेश बलायरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा हुने गरेर प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालमार्फत चेक हस्तान्तरण गरेका हुन् ।

 

विद्यार्थीहरुले खाजा खर्चबाट बचाएको रकम, विद्यालयका कर्मचारीको तीन दिनको सेवा सुविधा, जुनियर रेडक्रस र स्कुल व्यवस्थापनका तर्फबाट जम्मा भएको २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरेर चेक हस्तान्तरण गरिएको स्कुलका निर्देशक बलायरले बताए ।

 

स्कुलले हस्तान्तरण गरेको चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले विपत्तिको समयमा स्कुलका तर्फबाट गरेेको आर्थिक सहयोगका लागि धन्यवाद ज्ञापन गरिन् । स्कुलबाट प्राप्त उक्त रकम आज नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताइन् ।

 

भाद्र १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति

भएको छ ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८३ भाद्र १५

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP