२०८३ कार्तिक १०, सोमबार
October 26, 2026, Monday

लकडाउन जेठ ३२ गतेसम्म थपियो : विदेशमा अलपत्र नेपालीको उद्धार गरिने

आज (शनिबार) साँझ बसेको मन्त्रपिरिषद् बैठकले जारी बन्दाबन्दी (लकडाउन) यही जेठ मसान्त (३२ गते) सम्म थप गर्ने निर्णय गरेको छ।

पछिल्लोपटक थपिएको लकडाउनको अवधि सकिन ३ दिन बाँकी हुँदै सरकारले समय थपेको हो। १२ दिन थपिएसँगै लकडाउनको समय ८० दिन पुगेको छ।

कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भनेर सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ।

यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने कार्ययोजना पनि स्वीकृत गरेको छ।

हिजोमात्रै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले विदेशमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गर्दै विस्तृत कार्ययोजना तयार गरेको थियो।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ जेष्ठ १७

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP