काठमाडौं — इन्टरनेशनल युनियन अफ जर्नालिस्ट (IUJ) ले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था खस्कँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। पछिल्लो समय काठमाडौंका विभिन्न सञ्चारगृहको प्रवेशद्वारमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाप्रति संघले विशेष चासो जनाएको हो।
संघले जारी गरेको विज्ञप्तिमा जेन–जी आन्दोलनपछिको निर्वाचनबाट गठन भएको वर्तमान सरकारका पछिल्ला गतिविधिले सञ्चार क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भएयता प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि असर पर्ने घटनाहरू बढ्दै गएको IUJ को निष्कर्ष छ।
संघले कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजनजस्ता प्रमुख सञ्चार संस्थाको प्रवेशद्वारमा अनधिकृत रूपमा गाडी राखेर अवरोध गरिएको घटनाको निन्दा गरेको छ। साथै पत्रकार किशोर श्रेष्ठमाथि भएको धम्की र उनलाई हिरासतमा लिन खोजिएको घटनाप्रति पनि आपत्ति जनाएको छ।
IUJ ले सरकारले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने नीति लिएको आरोप लगाउँदै यस्ता कदमले स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने र मिडिया बहुलवाद कमजोर बनाउने वातावरण सिर्जना गर्ने जनाएको छ।
विज्ञप्तिमा पछिल्ला घटनाक्रमका कारण नेपालमा पत्रकार र सञ्चार संस्थाबीच ‘स्व–सेन्सरसिप’ (Self-censorship) को प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ। प्रतिशोध, डर र धम्कीका कारण पत्रकारहरू समाचार सम्प्रेषणमा संकुचित हुन बाध्य भएको र यसले नागरिकको सूचनाको हक तथा लोकतान्त्रिक सुशासनमा गम्भीर असर पार्ने IUJ को ठहर छ।
दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...