२०८३ असार ३२, बिहीबार
July 16, 2026, Thursday

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं  देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार चालु वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।

कृषि विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष भने वर्षाको ढाँचा र मौसमी अवस्थाका कारण हालसम्म ५० प्रतिशत मात्र रोपाइँ भएको उनले जानकारी दिए।

प्रदेशगत तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश ८७ प्रतिशत रोपाइँसहित देशमै पहिलो स्थानमा रहेको छ। त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशतबागमतीमा ५७.१ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

यस्तै, कोशी प्रदेशमा ३२ प्रतिशतमधेस प्रदेशमा ३२.७ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ, जुन राष्ट्रिय औसतभन्दा निकै कम हो।

कृषि विभागले देशका अधिकांश क्षेत्रमा वर्षा जारी रहेकाले आगामी एक साताभित्र धान रोपाइँको गति थप बढ्ने अपेक्षा गरेको छ। बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझ तीव्र हुने विभागको विश्वास छ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०८३ असार ३१

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP