२०८३ असार २५, बिहीबार
July 9, 2026, Thursday

बारम्बार विद्युत् ट्रिपिङ रोक्न ऊर्जा मन्त्रालयको विशेष अभियान सुरु

बारम्बार विद्युत् ट्रिपिङ रोक्न ऊर्जा मन्त्रालयको विशेष अभियान सुरु

काठमाडौं । वर्षायाममा बारम्बार हुने विद्युत् ट्रिपिङ (विद्युत् अवरुद्ध) समस्याको समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष अभियान सुरु गरेको छ।

मन्त्रालयका अनुसार मनसुनका कारण विद्युत् आपूर्तिमा देखिने अवरोधलाई उच्च प्राथमिकतामा राख्दै सेवा नियमित, भरपर्दो र प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको हो।

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार विद्युत् आपूर्तिसम्बन्धी गुनासो प्राप्त हुनासाथ तत्काल समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ।

मन्त्रालयले मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित प्राविधिक समस्याको समयमै समाधान गरी उपभोक्तालाई नियमित विद्युत् सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई सक्रिय बनाइएको जनाएको छ।

विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो वा समस्या भएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

Related News

चीन भ्रमणबाट प्राप्त सिकाइ, अनुभव र नेपालका लागि अवसरहरू
चीन भ्रमणबाट प्राप्त सिकाइ, अनुभव र नेपालका लागि अवसरहरू
  • २०८३ असार २४

कुबेर खड्का चीन सरकार को सहयोगमा मे २८ देखि जुन...

TOP