२०८३ बैशाख १३, आईतवार
April 26, 2026, Sunday

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी विजय हासिल गरेको छ । कैलाली र कञ्चनपुरमा रास्वपाले क्लिन स्वीप नै गरेको छ ।
अन्य ६ वटा निर्वाचन क्षेत्रहरु मध्य ३ वटामा कांग्रेस र २ वटामा एमाले विजयी भएको छ । अछाम– २ को नतिजा आउँन बाँकी छ । त्यहाँ मतगणना जारी छ । यो समाचार तयार गर्दासम्म सो क्षेत्रमा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटीको अग्रता रहेको छ ।

रास्वपा विजयी भएका क्षेत्रहरु

कैलाली–१ कोमल ज्ञवाली
कैलाली– २ केपी खनाल
कैलाली ३ जगतप्रसाद जोशी
कैलाली– ४ खेमराज कोइराला
कैलाली– ५ आनन्दबहादुर चन्द
कञ्चनपुर– १ जनकसिंह धामी
कञ्चनपुर–२ दीपक बोहरा
कञ्चनपुर–३ ज्ञानेन्द्रसिंह महता
डडेल्धुरा– डा. ताराप्रसाद जोशी
बैतडी– हरिमोहन भण्डारी

कांग्रेस विजयी भएका क्षेत्रहरु

डोटी – भरत बहादुर खड्का
बाजुरा – जनकराज गिरी
अछाम– १ भरत कुमार स्वाँर

एमाले विजयी भएका क्षेत्रहरु

बझाङ – ऐनबहादुर महर
दार्चुला– गणेश सिंह ठगुन्ना

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०८२ फाल्गुन २४

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP