२०८३ जेष्ठ २२, शुक्रबार
June 5, 2026, Friday

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल आधारभूत प्रशिक्षक प्रशिक्षण तथा खेल विज्ञान तालिम” लिएका छन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् धनगढी कैलालीको विशेष सहयोगमा डोटी जिल्ला खेलकुद समितिले तालिमको आयोजना गरिएको थियो ।

डोटीको बडीकेदार गाउँपालिका – १ बिपीनगरमा मंसिर २१ गतेबाट सुरु भएको उक्त तालिमको शनिबार समापन गरिएको हो । सात दिने उक्त तालिमको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्काले उद्घाटन गरेका थिए ।

तालिममा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट एक/एक जना गरी ९ जना र डोटीका विभिन्न पालिकाकाबाट १९ जना गरी जम्मा ३० जनाको सहभागिता रहेको डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए । भलिबल प्रशिक्षकका लागि आयोजित यो तालिम प्रदेशमै पहिलो तालिम भएको उनले बताए ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८२ मंसिर २८

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP