२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डोटीमा पहिरोमा पुरिएर एकै परिवारका ३ जना घाइते, एक बेपत्ता

दिपायल – डोटीमा पहिरोमा पुरिएर ३ जना घाइते भएका छन् भने एक जना बालिका बेपत्ता छिन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका – २ हुणेखोला स्थित सिलगढी – झिंग्राना सडक खण्डमा पहिरोले पुरेको हो ।

दशैं मनाउन तीन सन्तानसहित पैदल घर फर्किदै गरेकी महिला र उनका सन्तान आईतबार दिउँसो २: ४० बजेको समयमा पहिरोमा परेका हुन् ।

सायल गाउँपालिका -४ भल्मा घर भई दिपायल सिलगढी नगरपालिका – ४ राजपुरमा बस्दै आएकी २६ वर्षीया महेश्वरी विष्ट पहिरोमा परेर घाइते भएकी हुन् । उनीसँगै ९ वर्षीया छोरी करिश्मा, ७ वर्षीय छोरा सविन पहिरोमा पुरिएर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार विष्टकी ५ वर्षीय छोरी भगवती विष्ट पहिरोमा बेपत्ता भएकी छिन् । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरूले उनको खोजी गरिरहेका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको छ । उनीहरूको स्वाथ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८२ आश्विन १२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP