
दिपायल, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखण्ड सुदूरपश्चिमको नाराले डोटीले राजधानी गुमाउनु परेको बताए । “जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान” अन्तरगत दिपायलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उहाँले विगतमा ऐतिहासिक, राजनीतिक, सांस्कृति र प्रशासनीक अडड रहेको डोटीले प्रदेश राजधानी गुमाउनुको पछाडी अखण्ड सुदूरपश्चिमको नारा रहेको बताएका हुन् ।
“डोटी जिल्ला विगतमा राजनीतिक, ऐतिहासिक सभ्यता र सांस्कृतिक प्रतिकमा रहेको थियो,“उनले भने,“पछिल्लो कालखण्डमा पनि डोटी जिल्लाले कहिले विकास क्षेत्रको केन्द्र, कहिले प्रदेशको केन्द्रको रुपमा आफ्नो अस्तित्व, औचित्य शिद्ध गर्दै आइरहेको थियो । आफ्नो इतिहास, गौरवलाई स्थापित गर्दै आइरहेको थियो । पछिल्लो समय सुदूरपश्चिमको केन्द्र कैलाली तोकिएपछि डोटीको त्यो इतिहास, गौरव कमजोर पर्न लागेको हो की ? डोटी छायाँमा पर्ने हा की ? विकास निर्माणमा पछि पर्ने हो की ? भन्ने जनताको प्रश्न जायज छ ।”
अखण्डको नाराले डोटीको औचित्य, अधिकारलाई कुण्ठित गरेको उनले बताए । “मैले शान्ति सम्झौतामा हस्ताक्षर गरेर, संविधान सभाको निर्वाचन हुनुपूर्व डोटी आएको थिए र त्यतीबेला सम्वोधन गर्दा डोटी नै सुदूरपश्चिमको केन्द्र हुन्छ र हाम्रोतर्फबाट सहयोग हुन्छ भनेको थिए,उनले भने,“अन्तः हाम्रो त्यतिबेला केही लागेन प्रदेशको केन्द्र कैलाली हुन पुग्यो । हामीले सुदूरपश्चिलाई जुनरुपले बुझेका थियौं, त्यो समय सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने एउटा बहस चल्यो र त्यही नाराले डोटीमा रहेको केन्द्रलाई कैलाली पु¥याएको हो भनेर बुझ्न डोटेली जनताहरुलाई अनुरोध गर्दछु । त्यही अखण्डको नाराले डोटीको औचित्य, अधिकारलाई कुण्ठित गरेको हो ।”
अब यहाँको लाइफलाइन, आर्थिक, राजनीतिक सांस्कृतिक, पर्यटकीय गतिविधिका लागि खुटिया दिपायल फाष्ट ट्रयाक विषेश मार्गका रुपमा रहेको अध्यक्ष प्रचण्डले बताए । खुटिया दिपायल राजमार्गको प्रतावक म नै हो । प्रधानमन्त्री हुँदा यसको प्रस्ताव ल्याएको थिए,“उनले भने,“यस मार्गको आज मात्रै अवलोकन गरियो , निर्माण प्रक्रिया अघि बढेको छ । निर्माण सम्पन्न गर्नका लागि सडक, सदन र सरकारका मोर्चाबाट तपाइहरुलाई सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।
उहाँले पश्चिम सेती जनलविधुत परियोजना अगाडी बढाउन र सम्पन्न गर्न आफुहरु गम्भीर रहेको बताए । डोटीमा इन्जिनियररि कलेज स्थापना, दिपायलमा रहेको विमानस्थल नियमित सञ्चालन गर्न कृषि उत्पादनको उत्पादकत्व बढाउने गरी काम गर्न प्रतिवद्ध रहेको उनले बताए ।
माओवादी केन्द्र ८/१० वर्ष यता जती जनताका नजिक जानु पथ्र्यो, जनताका पीडाहरु सुन्नु पथ्र्यो त्यती सकिएन, त्यहाँ हाम्रा गम्भीर कमीकमजोरीहरु भएका छन् । हामीले त्यसको आत्मासमिक्षा गरेर, फेरी जनताहरुको काखमा, साथमा रहेर, जनताका पीडाहरु सुनेर त्यसलाई राष्ट्रव्यापीरुपमा स्थापित गर्ने उद्येश्यका साथ अभियानको थालनी गरेका हौं, उनले भने ।
शुक्रबार बैतडीको पाटनबाट सुरु भएको “जनतासँग माओवादी अभियान” अन्तरगत शनिबार दिपायलमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू नन्दकिशोर पुन पासाङ, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
शुक्रबार साँझ डोटी पुग्नुभएका अध्यक्ष प्रचण्डसहित पार्टीका शिर्ष नेताहरु स्थानीय नेता, कार्यकर्ताका घरमा बास बसेका थिए । नेताहरुले निर्माणाधिन खुटिया–दिपायल–चैनपुर फास्ट ट्रयाक र शहिद स्मृति आवासीय विद्यालयको अवलोकन गरेका थिए ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...