
दिपायल- गृह मन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रका विरुद्ध षड्यन्त्र नगर्न सुझाव दिनुभएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले गणतन्त्रका विरुद्ध षड्यन्त्र नगरी पार्टी खोलेर जनताकाबीच जान सुझाव दिनुभएको हो ।
गृह प्रदेशको भ्रमणमा रहनु भएका लेखकले लोकतन्त्रका विरुद्धमा यो देशमा पटक–पटक सडयन्त्र हुदै गरेको बताउदै पूर्वराजा र राजवादीहरुको यस पटकको सडयन्त्रले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनु भयो । “संसार भरीको उदाहरण हेर्ने हो भने आन्दोलनबाट, क्रान्तिबाट फालिएका राजा त्यही देशमा बसेको उदाहण छैन,“उहाँले भन्नु भयो,“ आन्दोलन र क्रान्तिबाट फालिएका राजा , नागरिकका सबै अधिकार उपभोग गर्ने , राज्यले सुरक्षा दिने, लोकतन्त्रका सबै आधारभूत स्वतन्त्रताहरुलाई उपभोग गरेर बस्न पाउने उदाहरण कमै देख्न पाइन्छ । नेपालमा यति उन्नत, संयमित र आदर्श लोकतन्त्र छ । हाम्रो पूर्व राजाले देशभित्र नागरिककारुपमा सबै अधिकारको उपभोग गरिराख्नु भएको छ । यो लोकतन्त्रको चरित्र हो । तसर्थ लोकतन्त्रका विरुद्धमा अरु कुनै निरङ्कुशता फकिैदैन ।”
पूर्वराजालाई नेपाली नागरिककारुपमा सबैखाले स्वतन्त्रता उपभोग गर्ने अधिकार छदैछ । पार्टी खोल्ने, चुनाव लड्ने स्वतन्त्रता छ,“गृह मन्त्री लेखकले भन्नु भयो,“गणतन्त्रलाई फालेर षड्यन्त्रपूर्ण ढंकले सुट्क्क राजतन्त्र फर्काउने सपना बोक्नु भन्दा पार्टी खोलेर जनताकाबीच जाउँ, जनताकाबीच छलफल गरौं, प्रतिस्पर्धा गरौं । तर लोकतन्त्रका विरुद्ध षडयन्त्र नगरौं ।”
निरङ्कुश राजतन्त्रबाट लोकतन्त्रमा आएको नेपाल फेरी राजतन्त्रमा फर्किने कुनै पनि सम्भावना नरहेको बताउँदै उहाँले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताउनु भयो । लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुँदैन त्यसैले हामी यस्तो भ्रममा रहन्ु हुँदैन, उहाँले भन्नु भयो ।
निर्मला हत्या प्रकरणमा अनुसन्धान जारी छ
निर्मला पन्त हत्या प्रकरणका विषयमा पत्रकारहरुरे सोधेको प्रश्नमा गृह मन्त्री लेखकले घटनाको सूक्ष्म ढंगले अनुसन्धान भईरहेको बताउनु भयो । “बलात्कार, हत्या हिंसा राज्यविरुद्धको मात्रै नभएर मानवता विरुद्धको जघन्य अपराध हो, “उहाँले भन्नुभयो,“निर्मला पन्तको हत्याकासम्बन्धमा मैले मन्त्री हुनेवित्तिकै द्रुत गतिमा, सूक्ष्म ढंगले, गहिराईपूर्ण ढंगले थप अनुसन्धान गर्न निर्देशन दिएको छु । सम्बन्धित निकायले यसमा अनुसन्धान जारी राखेको छ । अरु बलात्कारका घटनामा पनि प्रहरी प्रशासनले निर्ममता पूर्वक घटनाको अनुसन्धान, छानविन, अभियोजन गर्ने र कारबाही गर्नेमा लागि परेको छ । यसमा कमिकमजोरी हुन दिइदैन । अपराधलाई अपराधकै रुपमा हेर्न जरुरी छ । अपराध भइसकेपछि अनुसन्धान छानविन अभियोजन हुन जरुरी छ । निर्मलाको पनि छानविन अनुसनधान जारी छ ।”
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...