दिपयाल । दार्चुलामा आज बिहान जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर ५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर ९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखकको दुर्घटनामा परी मृत्यु भएको छ ।
त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिका ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको पनि मृत्यु भएको डीएसपी दाहालले बताए ।
मृतक दुई जना भने भारतीय नागरिक छन्, डीएसपी दाहालले भने, यूपी (उत्तर प्रदेश) बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको छ ।
डीएसपी दाहालका अनुसार विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो ।
आज बिहान करिब ४ बजेतिर शैल्यशिखर नगरपालिका ६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना भएको हो । घाइते चार जनाको उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याइएको र उपचार भइरहेको डीएसपी दाहलले जानकारी दिए ।
जिप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिप दुर्घटनामा परेको हो । जिपमा तिर्थालुहरू सवार थिए ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...