२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

सुदूरपश्चिमबाट एकै दिन १४ लाखको अवैध सामान बरामद

धनगढी– सुदूरपश्चिमका तीन जिल्लाबाट प्रहरीले १४ लाख बढीको अवैध सामान बरामद गरेको छ । मंगलबार एकै दिन प्रहरीले कैलाली, कञ्चनपुर र दार्चुलाबाट १४ लाख बढीको अबैध भन्सार छलिका सामान बरामद गरेको हो ।

कैलालीको धनगढी, टीकापुर, गोदावरीबाट भन्सार छली ल्याइएका सुपरपावर सुर्ति, पटाका, सिलाउने मेकानिकल पेनसिल, पर्दाको कपडा, लेमिनेसन कागज, जेल रिफिल र मेसिन लगायतका २ लाख ७५ हजार ७९० रुपैयाँ बराबरको सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त, बेलौरी र पुनर्वास नगरपालिकाबाट १० लाख ४८ हजार ८६२ रुपैयाँ बराबरको बिउ बिजन, हसिया, ग्रिसम, मोबिल, हार्डवेयरका सामान, चिनी, डिउ नामक पेय पदार्थ ,सुट लगायत कपडा, हार्डवेयर, कस्मेटिकका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

उता दार्चुलाको नौगाड गाउँपालिका ४ घर भई हाल महाकाली नगरपालिका ४ भगवती टोल स्थित अमित किराना तथा थोक पसल संचालन गर्दे आएका देबेन्द्र सिंह ठगुन्नाको पसलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा बिल नभएका भन्सार छलिको पिठो, चामल, मार्कोनिक चिनी, सोयबिन, तेल, रिफाइन्ड तेल, बिंडी, चाउमिन, त्रिपाल, सलाई लगायतका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उक्त सामान अन्दाजी ८६ हजार २९० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन २३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP