२०८३ जेष्ठ २०, बुधबार
June 3, 2026, Wednesday

प्रि ओपन सेसन अपडेटः झिनो अंक बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार २६.७० अंक घटेर २५९७.४९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०२ अंक बढेर २५९७.५१ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३० स्टकको ४३ पटकको कारोबारमा १२ लाख ७७ हजार ३९२ रुपैयाँ ९० पैसाबराबरको १ हजार ९७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८१ आश्विन २०

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP