२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

बस्ती छिरेको हात्ती धपाउन जाँदा ५० वर्षीय पुरुष आक्रमणमा परे

कञ्चनपुर- कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

लालझाडी गाउँपालिका-४ डाडाजाइँका ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार बस्ती पसेको जंगली हात्तीको बथान धपाउन गएका रानामाथि हात्तीले आक्रमण गरेको थियो।

शनिबार बेलुका बस्तीमा हात्ती आएका थिए। हात्ती धपाउन गएका राना बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

खोजी गर्दा आइतबार बिहान घरबाट करिब एक किलोमिटरको दूरीमा शव भेटिएको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन १३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP