कञ्चनपुर – कञ्चनपुरमा खैरो हेरोइन सहित ३ जना किशोर पक्राउ परेका छन्।
बिहीबार भीमदत्त नगरपालिका–१७ मझगाउबाट भीमदत्त नगरपालिका–१५ बस्ने एक जना १८ वर्षीय किशोर र भीमदत्त नगरपालिका–१८ का दुई जना किशोर गरी ३ जना पक्राउ परेका हुन ।
प्रहरीले उनीहरुको साथबाट ०.९६ ग्राम लागू औषध (खैरो हेरोइन) बरामद गरेको जनाएको छ । उनीहरु तीनै जना सवार म २ प ४२०८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...