२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

रात्री गस्तीमा निस्किएका प्रहरी निरीक्षक शाहीमाथी आक्रमण, भ्यान तोडफोड

पुनर्वास- ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशबिक्रम शाहीमाथी आक्रमण भएको छ । बुधबार राती करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, ‘च’ गाउँमा प्रहरी निरीक्षक शाहीमाथी आक्रमण हुनुको साथै भ्यानमा समेत तोडफोड भएको हो ।

९ जनाको प्रहरी टोलीसहित रात्री गस्तीमा निस्किएका बेला पुनर्वास नगरपालिका–७, बुद्धबस्तीमा खडखडे खेलीरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा विवाद भएको प्रहरी निरीक्षक शाहीले बताए ।

‘खडखडे भईरहेको थियो । सम्झाएर नियन्त्रणमा लिन खोज्दा २५/३० जनाको समुहले आक्रमण गरे’ प्रहरी निरीक्षक शाहीले भने, ‘आक्रमणबाट मेरो कानमा चोट लागेको छ । अन्य चार जना प्रहरीलाई पनि सामान्य चोट लागेको छ । भ्यानको अगाडीको सीसा र पछाडीको छानोमा क्षति पुगेको छ ।’

आक्रमणपछि गाउँका महिला र बालबालिकासमेत आउन थालेपछि त्यो स्थलबाट फर्किएको शाहीले बताए ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ आश्विन १०

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP